पोखरामा क्षेत्रीय राष्ट्रपति रनिङशिल्ड

पोखरा
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि पोखरामा क्षेत्रीय राष्ट्रपति रनिङशिल्ड कप एवं विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ।पश्चिमाञ्चलका १६ जिल्लाको सहभागिता रहेको प्रतियोगिता बिहीबारसम्म चल्नेछ।
प्रतियोगिताअन्तर्गत पहिलो दिन एथलेटिक्स विधाका सातवटा इभेन्ट सम्पन्न भएका छन्। उद्घाटनमा छात्र १५ सय मिटर दौडतर्फ गुल्मीका रोहित अधिकरी ४ः३२ः२९ सेकेण्डमा पूरा गर्दै प्रथम, ४ः३८ः५० सेकेण्डमा पार गर्दै नवलपरासीका टीका केवट द्वितीय तथा ४ः४०ः६५ सेकेण्डमा पूरा गर्दै कास्कीका आशिष थापा तृतीय भए।
छात्रातर्फ ५ः४९ः९८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नवलपरासीकी गुडिया गुप्ता प्रथम, ५ः५५ः७६ सेकेण्डमा पूरा गर्दै कास्कीकी जमुना कुँवर द्वितीय तथा ५ः५६ः०९ सेकेण्डमा पार गर्दै तनहुँकी पूजा बानियाँ तृतीय भए।उनीहरूलाई प्रमुख अतिथि क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, नेपाल प्रहरीका डीआईजी पंकज श्रेष्ठ, सशस्त्रकाडीआईजी जानकीराज भट्टराई, क्षेत्रीय खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष रतन गुरुङलगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
यस्तै एक सय मिटर दौडमा छात्रतर्फ रुपन्देहीका शक्ति सापकोटा प्रथम, रुपन्देहीकै सुवास पौडेल द्वितीय र कास्कीका सिद्धान्त कार्की तृतीय भए।छात्रातर्फ कास्कीकी शशी चौधरी प्रथम, रुपन्देहीकी विन्दु थापा द्वितीय र नवलपरासीकी नेहा अढै तृतीय भए। चार सय मिटर दौडमा छात्रतर्फ रुपन्देहीका प्रभातनाथ कमर प्रथम, नवलपरासीका जनार्दन चौधरी द्वितीइ र कास्कीका हिमाल घले तृतीय भए। छात्रातर्फ कास्कीकी अनिशा भण्डारी प्रथम, गोर्खाकी रोश्नी कार्की द्वितीय र रुपन्देहीकी रक्षा पौडेल तृतीय भए।
४ह४०० रिलेमा छात्रतर्फ कास्की प्रथम, रुपन्देही द्वितीय र लमजुङ तृतीय तथा छात्रातर्फ कास्की प्रथम, रुपन्देही द्वितीय र नवलपरासी तृतीय भए। हाइजम्पमा छात्रतर्फ कपिलवस्तुका प्रभु थारु प्रथम, पर्वतका कृष्ण काफ्ले द्वितीय र तनहुँका शंकर भुजेल तृतीय भए। छात्रातर्फ नवलपरासीकी विपना परियार प्रथम, कास्कीका कुसुम मगर द्वितीय र पर्वतकी रिमा कुँवर तृतीय भए।
लङजम्पमा छात्रतर्फ नवलपरासीका असीम महतो प्रथम, कास्कीका हिमाल घले द्वितीय र कपिलवस्तुका विनोद परियार तृतीय भए। छात्रातर्फ नवलपरासीकी विपना परियार प्रथम, तनहुँकी निशा बराल द्वितीय र कास्कीकी शशी चौधरी तृतीय भए।सटपुटमा छात्रतर्फ गोर्खाका रामबहादुर विक प्रथम, पर्वतका किसन सुनार द्वितीय र स्याङ्जाका भीमबहादुर थापा तृतीय भए। छात्रातर्फ नवलपरासीकी नेहा अढै प्रथम, लमजुङकी ममता घर्ती द्वितीय र तनहुँकी दिलमाया थापा तृतीय भएको एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्लले जानकारी दिइन्।
एथलेटिक्सतर्फ बुधबारको इभेन्ट समाप्तिसम्म कास्की ८४ अड्ढसहित प्रथम, नवलपरासी ५९ अड्ढसहित द्वितीय र रुपन्देही ४० अड्ढसहित तेस्रो स्थानमा रहेका छन्।
भलिबलमा छात्रतर्फ कास्की, बागलुङ, पर्वत र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन्। छात्रतर्फ १५ जिल्लाको सहभागिता रहेको छ। यस्तै छात्रातर्फ कास्की, पाल्पा, बागलुङ र रुपन्देही सेमिफाइनलमा प्रवेश गरेको नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य डीबी नेपालीले जानकारी दिए। छात्रा भलिबलमा १२ जिल्लाको सहभागिता रहेको छ।भलिबल खेल नकआउटका आधारमा खेलाइएको छ।
कराँतेतर्फ ४० केजी छात्रातर्फ कास्कीकी सीता खनाल प्रथम र रुपन्देहीकी काश्मिरा कुँवर द्वितीय, ४५ केजीमा कास्कीका मनु तामाङ प्रथम र बागलुङका मीनाकुमारी द्वितीय भए।४२ केजी छात्रतर्फ गोर्खाका बुद्ध लामा प्रथम र कास्कीका सुजन श्रेष्ठ द्वितीय, ४७ केजीमा रुपन्देहीका शेरजंग गुरुङ प्रथम र बागलुङका यामबहादुर पुन द्वितीय भएका छन्।छात्र एकल कातामा कास्कीका प्रभात पुन प्रथम र गुल्मीका रिसभ पाण्डे द्वितीय तथा छात्रातर्फ कास्कीकी विमला नेपाली प्रथम र अर्घाखाँचीकी पूजा दर्नाल द्वितीय भएको कराँते प्रशिक्षक सुरेन्द्र गुरुङले जानकारी दिए। यस्तै ५२ केजीमा कास्कीका कृष्ण केसी र रुपन्देहीका शिव गुरुङ फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगितामा १४ जिल्लाका एक सय १२ जना खेलाडीको सहभागिता रहेको छ।
तेक्वान्दोतर्फ क्वाटरफाइनलका खेल सम्पन्न भएका छन्। जसअनुसार ५१ केजी पुरुषतर्फ कास्कीका राजु विक र म्याग्दीका विजय शेरपुञ्जामगर सेमिफाइनलमा प्रवेश गरेका छन्। ४८ केजीमा कास्कीका कमल विक, ४५ केजीमा कास्कीका विजय गुरुङ, बागलुङका मिलन थापा र रुपन्देहीका विक्रम पुन सेमिफाइनलमा प्रवेश गरेका छन्। ४० केजी महिलातर्फ तनहुँकी रुक्सना मियाँ सेमिफाइनलमा प्रवेश गरेकी छन्। यस्तै ४४ केजी महिलातर्फ गुल्मीकी दिया पुन क्वाटरफाइनल र तनहुँकी पुष्पा खड्का प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। ४२ केजी महिलातर्फ पर्वतकी सोनिया माझी क्वाटरफाइनल तथा पाल्पाकी लुना श्रेष्ठ प्रिक्वाटरफाइनलमा प्रवेश गरेको तेक्वान्दोका प्रशिक्षक बलराम लामाले जानकारी दिए।
महिलातर्फ ४२, ४४, ४६ तथा पुरुषतर्फ ४५, ४८ र ५१ केजी गरी छ वटा तौलसमूहमा १२ जिल्लाका एक सय ५० खेलाडीको सहभागिता रहेको छ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले भूकम्पले त्रसित बनाएको मनलाई खेलकुदले विर्साइदिने भएकोले प्रतियोगिता आयोजना गरिएको बताए। उनले भूकम्पकै कारण काठमाडौंमा खेलकुदका धेरै भौतिक पूर्वाधार नष्ट भएकोले राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रपति कप रनिङशिल्डको राष्ट्रिय संस्करण यही असार ५ देखि ७ गतेसम्म पोखरामै गर्ने निर्णय गरेको हुनाले पोखरेलीले त्यो अवसरलाई छोपेर पोखराको इज्जत र गरिमा बढाउन सक्नुपर्ने बताए।
सोही अवसरमा अफिसियलको तर्फबाट वरिष्ठ बक्सिङ प्रशिक्षक विद्या मर्सानी र खेलाडीको तर्फबाट कराँते खेलाडी सुजन श्रेष्ठले सपथग्रहण गरेका थिए।
क्षेत्रीय खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष रतन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख डेमबहादुर बस्नेतले स्वागत मन्तव्य र नासु डीबी नेपालीले कार्यक्रम सञ्चालन गरेका थिए।
उद्घाटनका अवसरमा गराइएको मार्चपासमा गुल्मी प्रथम, कस्की द्वितीय र म्याग्दी जिल्ला तृतीय भएका छन्। मार्चपासमा १६ जिल्लाको सहभागिता रहेको थियो।

Comment