नेपालको जित

handball
नेपालको यु–१९ महिला टोलीले प्रथम अन्तर्राष्ट्रिय ह्यान्डबल च्याम्पियनसिपमा सोमबार जित हात पारेको छ । नक्सालस्थित बृहस्पति विद्या सदनमा भएको खेलमा नेपालले भारतलाई ९–४ ले पराजित ग¥यो ।    स्टुडेन्ट ओलम्पिक संघ नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुषको यु–२२ उमेरसमूहमा भारतले नेपाललाई २०–१६ तथा यु–१७ उमेरसमूहमा भारतले नेपाललाई १५–१२ ले हराएको नेपाल विद्यालय ह्यान्डबल महासंघका महासचिव विराटमान वज्राचार्यले जनाएका छन् ।
विजेतालाई बृहस्पतिका निर्देशक मुरारीनिधी तिवारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Comment