स्पोर्ट्स फर अलमा पुनः शाही

sports for all

स्पोर्ट्स फर अल क्लब, नेपालको पहिलो साधारणसभाले पुनः लोकबहादुर शाहीलाई निर्विरोध अध्यक्ष चुनेको छ । शाहीको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन भयो ।
गणेश पाण्डेले उपाध्यक्ष, हरि मानन्धरले सचिव, सुन्दर थापा क्षेत्रीले सह–सचिव तथा गणेश रिमालले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यमा रितु शाक्य, अन्जित बस्नेत, राजेश मानन्धर र अन्जना तण्डुकार रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयालले प्रमाण पत्र प्रदान गरेका थिए । साधारणसभामा नव निर्वाचित अध्यक्ष शाहीले क्लबले विगतमा गरेको गतिविधिका साथै भावी कार्यक्रम बारे प्रकाश पारेका थिए ।

Comment