गौरीका सद्भावनादूत

gaurika gariama

शान्तिशिक्षा अभियान नेपालले कीर्तिमानी पौडी खेलाडी गौरीका सिंहलाई सद्भावना दूतमा मंगलबार नियुक्त गरेको छ ।
गौरीकाले गत वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनाएको सामुदायिक विद्यालयहरूको पुनर्निर्माणका लागि संस्थाले सुरु गरेको कार्यमा सघाउने अभियानका अध्यक्ष रविन्द्र महर्जनले जानकारी गराए ।
त्यसै अवसरमा गौरीकाले सोमबार सम्पन्न २०औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा ६ कीर्तिमान बनाएवापत् पुरस्कार स्वरूप पाएको ३० हजार भूकम्पपीडितका लागि प्रदानगर्ने जानकारी दिइयो । त्यो रकममा गौरीकाका अभिभावकले पनि त्यत्ति नै रकम थप गरी जम्मा ६० हजार भूकम्पपीडितका लागि प्रदान गरिने बताइएको छ ।

सोही कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य रुसको कजानमा हुने १६औँ फिना विश्व पौडी च्याम्पियनसिपका लागि गौरीका सिंह छनोट भएको जानकारी गराए । २८  जुलाईदेखि ८ अगस्टसम्म हुने उक्त च्याम्पियनसिप रियो ओलम्पिक–२०१६ का लागि खेलाडी छनोटका रूपमा समेत रहेको छ ।
पौडी संघका अनुसार किरण कार्की पनि सोही च्याम्पियनसिपका लागि छानिएका छन् । सोमबार सम्पन्न २०औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा गौरीका र किरणले गरेको प्रदर्शनका आधार छनोट गरिएको हो । नेपालबाट चार खेलाडी सहभागी हुने फिनाच्याम्पियनसिपलाई शिरीषगुरुङ र सोफिया शाह यसअघि नै छनोट भइसकेका छन् । शिरीष र सोफिया हाल वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्डको बैंककमा छन् ।

हिटिङ सिस्टमका लागि २५ हजार डलर ः

गत वैशाखको विनाशकारी भूकम्पले काठमाडौंलगायत विभिन्न स्थानका पौडी पोखरीलाई क्षति पु¥याएकोले प्रशिक्षणमा समेत बाधा पु¥याएकोले नेपाल पौडी संघले आप्mनै सुविधा सम्पन्न हिटिङ सिस्टमसहितको ट्रेनिङ पुल निर्माण गर्ने योजनालाई अगाडि बढाउने अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) ले नेपाल पौडी संघलाई २५ हजार अमेरिकी डलर प्रदान गर्ने भएको छ । नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न राष्ट्रका पौडी संघहरू, विभिन्न निजी संघ÷संस्थासँग सहकार्य एवं समन्वय गरी पौडी पोखरी निर्माण गर्ने जानकारी संघका अध्यक्ष अशोक वज्राचार्यले दिएका छन् ।

Comment