कुस्ती नेतृत्वमा राणा

narayann
नेपाल कुस्ती संघको साधारणसभाले नारायणदेव राणालाई अध्यक्षमा सोमबार निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले राणाको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत निर्विरोध चयन ग¥यो ।
चन्द्रहाङ बखिम र दिनेश शर्मा उपाध्यक्षमा चयन भए । महासचिवमा विद्यासागर पाखेरेल र मुम्ताज अलीले पालैपालो चलउने भएका छन् । आपसी सहमतीमा चार वर्षे कार्यकालको पहिलो दुई वर्ष पोखरेल र बाँकी अवधि मुम्ताजले जिम्मेवारी सम्हाल्ने छन् । चण्डिाका बाँस्तोलाले सचिव तथा लोकबहादुर खड्काले कोषाध्यक्षको जिम्मेवारी पाए ।    सदस्यहरुमा उत्तमकुमार भुजेल, सुरेश गुरुङ, सुदीप थापा मगर, राजु कहर, केशवकुमार यादव, निजाम अली इद्रीसी, नेपाली कनौजिया, धनकुमार लामा, रमेशकुमार गुप्ता, कर्माबहादुर सिंह र विक्रम बस्नेत रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य मनबहादुर न्यौपानेले प्रमाणपत्र प्रदान गरे । त्यसअघि साधारणसभाको सभासद् मदन अमात्यले उद्घाटन गरेका थिए ।

Comment