विश्वविद्यालय खेलकुदमा जोशीको निरन्तरता

university sportss1

विश्वविद्यालय खेलकुद संघ नेपालको दोश्रो साधारण सभाले प्रदीप जोशी (टेकराज) को अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार निनिर्वरोध चयन गरेको छ । अघिल्लो कार्यसमितिमा पनि जोशी नै अध्यक्ष थिए ।
पाँच उपाध्यक्षमा प्रा.डा. ज्ञानेन्द्र पौडेल, प्रा.डा. लोकेन्द्र शेरचन, डा. लालमणि पाण्डेय, विनयकुमार भट्टराई र सानु घले रहेका छन् । महासचिवमा पूर्णसिं बोहरा यथावत् रहे । डा. उदयकिशोर तिवारीले सचिव र अजिता शर्माले कोषाध्यक्षको जिम्मेवारी पाए ।
त्यस्तै सदस्यमा डा. दीपबहादुर अधिकारी, डा. विमला शर्मा, धर्मराज ओझा, दीपक विष्ट, डा. यज्ञराज भट्ट, पूर्णादेवी शाक्य र सुरेन्द्र पनेरु निर्विरोध भए । विधानतः केन्द्रीय कार्यसमिति १९ सदस्यीय रहने प्रावधान छ । बाँकी ३ सदस्य केन्द्रीय कार्यसमितिले मनोनित गर्ने छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत चन्द्र राईले शपथ ग्रहण गराएका थिए भने निर्वाचन अधिकृत ज्योति राईले प्रमाणपत्र प्रदान गरेकी थिइन् । यसअघि साधारणसभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव युवराज लामाले उद्घाटन गरेका थिए ।
सदस्य–सचिव लामा सम्मानित ः
यसैबीच साधारण सभाको उद्घाटन सत्रमा विश्वविद्यालय खेलकुद संघ नेपालले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामालाई सम्मान ग¥यो ।
सदस्य–सचिव लामाले आफ्नो कार्yubrajj lama1यकालमा खेलकुदको विकास र विस्तारमा अतुलनीय योगदान पु¥याएवापत सम्मान गरिएको हो । अध्यक्ष जोशी र उपाध्यक्ष प्रा.डा. ज्ञानेन्द्र पौडेलले सदस्य–सचिव लामालाई संघको तर्फबाट सदस्य–सचिव लामालाई सम्मानपत्र प्रदान गरेका थिए । साधारण सभामा राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनालगायतको उपस्थिति थियो ।

Comment