लोकतान्त्रिकको स्कुललाई श्रमदान

बैशाख १२ र २९ गते गएको महाभुकम्पकाकारणक्षतीग्रस्त भई कक्षा संचालनगर्न असमर्थ रहेको स्कुललाई टहरा निर्माणगरि स्कुललाई सुचारु गराउने कार्यको थालनीगर्ने क्रममाआइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघले तिलगंगास्थित शारदा उच्चमा.बि.मागई टहरा निर्माण गर्न श्रमदान गरेको छ ।
यस अघि संघले भुकम्पबाट आहत भएकाहरुलाई राहत बाँढ्ने र क्षती ग्रस्त घरको व्यवस्थापनलाई निरन्तरता दिंदै आईरहेको थियो । राहत बाँढेने क्रममा संघले गोरखाको वारपाक, चितवन, धादिङ्ग लगायत क्षेत्रमा राहत वितरण गर्ने काम गरेको थियो । यस्तै क्षतीग्रस्त घरको व्यवस्थापन गर्ने क्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका अन्तरगत गाम्चा, तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थली, ललितपुरको खोकना र लुभु तथा भक्तपुरको दुवाकोटका घरहरुको टायल, जस्तापाता, काठहरु व्यवस्थितग र्ने, खाद्यान्न र घरायसी सामानहरुको व्यवस्थापन गर्ने र दुर्घटनाग्रस्त घरलाई भत्काई व्यवस्थित गर्ने कार्य गरेको थियो ।
दुर्घटना ग्रस्त घर व्यवस्थितगर्ने क्रममा लुभुमा घरको चार तलाबाट खसेको काठको चोट लागिलोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य गंगाराम महर्जन घाईते हुनपुगेका थिए । हालउनको विर अस्पतालको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
राज्यले युवाहरुलाई परिचालन गर्न नसकेको अवस्थामा राज्यलाई परेको विपतमा टुलुटुलु हेरेर बस्नु भन्दा खेलकुदमा लागेको युवाहरुलाई परिचालनगरि राष्ट्र निर्माणमा सरिक गराउनु पर्दछ भन्ने लागेर नेपाल लोकतान्त्रिक खेलकुद संघले यो अभियानलाई अगाडी बढाएको अध्यक्ष देवेन्द्र कुमार शेरचनले बताए ।

Comment