दिक्षालार्इ एकल स्वर्ण

आदर्श विद्यामन्दिर (एभीएम)कीदिक्षातामाङले ललितपुर जिल्लाव्यापी टेबलटेनिस प्रतियोगिताको गल्र्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् । फाइनलमा दिक्षाले ओमकार डेन्टल, सातदोबाटोकी सुरभी थापालाई ३–० को सोझो सेटमा पराजित गरिन् ।
ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको गल्र्स डबल्समा दिक्षाले लश्था महर्जनसंग मिलेर श्री ज्ञानमन्दिरकी अनुषा प्रसाईं र रोहिसा महर्जनको जोडीलाई ३–२ ले हराउदै स्वर्ण जितिन् । पुरुष डबल्समा ओमकार, चावहिलका सुमन शाक्य र किरण व्यञ्जन्कारको जोडीले ओमकार, सातदोबाटोका रितम शाक्य र अशोक महर्जनको जोडीलाई ३–१ ले पाखा लगाउदै पहिलो स्थान हात पारे ।
पुरुष भेट्रान्सको ४० वर्षमाथि सिंगल्समा ओमकार, सातदोबाटोका सुरेश वज्राचार्यले ओमकारकै पन्नकाकाजी शाक्यलाई ३–० ले पन्छ्याउदै शीर्ष स्थान हात पारे ।
टिम इभेन्टको गल्र्समा एभीएम ‘ए’ ले एभीएम ‘बी’लाई ३–० तथा पुरुषमा ओमकार, सातदोबाटोले ओमकार, चावहिललाई ३–१ ले पाखा लगाउदै पहिलो भए ।

Comment