कोषले थप ६५ लाई आर्थिक सहयोग दिने

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भूकम्पमा परी ज्यान गुमाएका ३ खेलाडीका परिवार र पूर्ण रुपमा घर क्षतिग्रस्त भएका ६२ खेलाडीलाई राहत स्वरुप आर्थिक सहयोग दिने भएको छ ।
कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाको अध्यक्षतामा आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।
नुवाकोटका तेक्वान्दो खेलाडी स्व. सौरभ अधिकारी र लक्ष्मीमाया घले तथा कराते खेलाडी स्व. शान्ति थापाका परिवारलाई समान १ लाख प्रदान गरिने छ । त्यस्तै घर पूर्ण रुपमा क्षति भएका ६२ खेलाडीलाई २० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइने छ ।
कोषले यसअघि भूकम्पका कारण ज्यान गुमाएका ७ खेलाडी, १ खेल पत्रकार र १ भलिबल प्रशिक्षकका परिवारलाई पनि समान १ लाख प्रदान गरेको थियो । घर पूर्ण रुपमा क्षति भएका १४ खेलाडीलाई जनही २० हजार आर्थिक सहयोग दिइको थियो ।

Comment