गौरीकाद्वारा तीन नयाँ राष्ट्रिय कीर्तिमान

gaurikaa1
लन्डनमा बस्दै आएकी गौरीका सिंहले २० औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको खुलातर्फ आइतबार तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।    गौरीकाले महिलाको १ सयमिटर फ्रिस्टाइल, १ सयमिटर ब्रेस्टस्ट्रोक र २ सय मिटर ब्याकस्ट्रोकमा कीर्तिमान बनाएकी हुन् । फ्रिस्टाइलमा गौरीकाले १ मिनेट ०३.९१ सेकेन्ड समय खर्चदै २०१४ मा काठमाडौंमा भएको १९ औं राष्ट्रिय पौडीमा सोफिया शाहले बनाएको १ मिनेट ०५.७८ सेकेन्डको कीर्तिमान भंग गरिन् । बे्रस्टस्ट्रोकमा गौरीकाले १ मिनेट २६.७२ सेकेन्ड समय लगाउदै २००७ मा काठमाडौंमा भएको प्रमोद स्मृति पौडीमा विविधा रिमालले कायम गरेको १ मिनेट २७.५४ सेकेन्डको कीर्तिमान तोडिन् ।
गौरीकाले ब्याकस्ट्रोकमा २ मिनेट ३७.८७ सेकेन्ड समय खर्चदै आफ्नै नाममा रहेको २ मिनेट ४८.१६ सेकेन्डको कीर्तिमानमा सुधार गरिन् । उनले यसै प्रतियोगिताको अघिल्लो संस्करणमा उक्त कीर्तिमान बनाएकी थिइन् । यो विधामा सहभागीले पदक भने प्राप्त गर्ने छैनन् । ४ भन्दा कम खेलाडी सहभागी भएकाले आयोजक नेपाल पौडी संघले ‘टाइमट्रायल’कालागि मात्र यो स्पर्धा गराएको हो । अघिल्लो वर्ष यसै प्रतियोगितामा गौरीकाले जम्मा ८ स्पर्धामा भाग लिएकोमा ७मा कीर्तिमान बनाएकी थिइन् ।
गौरीकाकी आमा गरिमाले यसै प्रतियोगिताकालागिलन् डनबाट नेपाल आएको बताइन् । ‘बैशाख १२ गतेको भूकम्प अघि हामी यसै प्रतियोगिताका लागि भनेर नेपाल आएका थियौं । तर बैशाख १४ गते हुने भनेको प्रतियोगिता भूकम्पले गर्दा स्थगित भयो र हामी लन्डन फर्कियौं । फेरी प्रतियोगिताको अर्को मिति तय भएपछि हामी नेपाल आयौं ।’
प्रतियोगिताको पहिलो दिननै नेहारिका तुलाधरले पनिएक नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । १५–१७ वर्ष उमेर समूहको ५० मिटर ब्रेस्टस्ट्रोक नेहारिकाले ३९.७८ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन् । यसअघि विविधा रिमालले २००७ मा पाकिस्तानको इस्लामाबादमा भएको प्रथम साउथ एसियन स्विमिङ फेडेरेसन गेम्समा ४०.०७ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

Comment