आइडब्लुएस फुटबलमा युरोसँग अक्षराको हार
Manoj Shiama
3 July, 2026 12:38 am

आइडब्लुएस यु–१६ फुटसल प्रतियोगिताको बिहीबार दोस्रो दिनको खेलमा हात्तिगौडाको युरो स्कुलले अक्षरा स्कुललाई ५–० ले हरायो । सो खेलमा आरोक्या मान श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा बृहस्पति विद्या सदनले त्रियोग हाइ स्कुललाई ४–० ले हरायो । विजयी टोलीका प्रतीक बसेल खेलको म्यान अफ द म्याच घोषित भए । संस्कृति इन्टरनेसनल स्कुलले युरो स्कुललाई ५–२ले हरायो । सो खेलमा विजयी टोलीका ऋषभ महत उत्कृष्ट खेलाडी घोषित भए ।
जेम्सले कान्जीरोबासँगको खेलमा ३–२ को सफलता पायो । जेम्सका प्रवेश खरेल उत्कृष्ट खेलाडी घोषित भए ।
इम्पेरियल स्कुलको आयोजनामा भएको सो प्रतियोगिताको बुधवार राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक नवीन न्यौपानेको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो । प्रतियोगितामा १२ टोलीको सहभागिता छ ।

