आइडब्लुएस यु–१६ फुटसल बुधवार देखि 

Manoj Shiama
30 June, 2026 9:31 am

इम्पेरियल स्कुलको आयोजनामा दोस्रो सिजनको आइडब्लुएस यु–१६ फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता १७ देखि २३ असारमा हुने भएको छ । १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह चरण लिगको आधारमा हुने छ भने क्वार्टर फाइनल देखि नकआउट चरणका खेल हुने छ ।

सो विद्यालयमा प्रशिक्षक राजेश शाहीको प्रशिक्षणमा लामो समय देखि प्रशिक्षण भइरहेको छ ।