बुढानीलकण्ठको उत्कृष्ट कम ब्याक

ट्रेनिङ ग्राउन्ड, बुढानीलकण्ठ नगरपालिका, अन्नपूर्ण र आइएसए नेपालले १०औँ राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा सोमबार विजयी सुरुवात गरे ।
नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा सोमबार सुरु प्रतियोगिताको पहिलो खेलमा समूह ए मा रहेको ट्रेनिङ ग्राउन्डले लुम्बिनी प्रदेशलाई ८४–२३ को फराकिलो अन्तरले हरायो ।
ट्रेनिङ ग्राउन्डले चारै क्वाटरमा अग्रता लिँदै २४–८, २६–६, २२–१,१२–८ को प्रदर्शन ग¥यो । यस खेलमा रोशनी श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भइन् ।
यस्तै समूह बी कै खेलमा बुढानीलकण्ठले प्रतिस्पर्धात्मक ग्राण्डी स्टार्सलाई ५०–३८ ले हरायो । ग्राण्डीले पहिलो क्वाटर १६–१२ र दोस्रो क्वाटर ९–५ ले आफ्नो पक्षमा पार्दा हाफ टाइमसम्म २५–१७ को अग्रता बनाएको थियो । बुढानीलकण्ठले अन्तिम दुई क्वाटरमा १०–१ र २३–१२ को अग्रता बनाउँदै खेल जितेको हो । यस खेलमा राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अनुसा मल्ल प्लेयर अफ दि म्याच घोषित भइन् ।
समूह ए मा रहेको उपत्यका बाहिरको दुई टोलीबिचको भिडन्तमा अन्नपूर्ण बास्केटबल एसोसिएसनले सुनसरी बास्केटबल एसोसिएसनलाई ४४–३५ ले हरायो । खेलमा अन्नपूर्णले १०–५, १३–५, ५–१०,१६–१५ को प्रदर्शन गरेको हो।a
अन्नपूर्णकी निबीती शर्मा प्लेयर अफ दि म्याच घोषित भइन् ।
यस्तै समूह ए को प्रतिस्पर्धात्मक खेलमा आइएसए नेपालले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८–४१ ले हरायो । पहिलो क्वाटर लेट्स गो बास्केटबल एकेडेमीले १८–१२ ले आफ्नो पक्षमा त्यसपछि आइएसए नेपालले पुनरागमन गरेको हो । दोस्रो क्वाटर आइएसए नेपालले ११–६ ले आफ्नो पक्षमा पार्दा तेस्रो क्वाटरमा दुवैले १०–१० स्कोर गरेका थिए । तेस्रो क्वाटरसम्म लेट्स गो बास्केटबल एकेडेमी ३४–३३ ले अघि रहे पनि चौथो तथा अन्तिम क्वाटर १५–७ ले आफ्नो पक्षमा पार्दै आइएसएले खेल जितेको हो ।
