दक्षिण कोरियाको विजयी सुरुवात

Manoj Shiama
12 June, 2026 10:08 am


फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को जित हात पारेको छ । मेक्सिकोको ग्वाडालाजारास्थित एक्रोन रङ्गशालामा शुक्रबार भएको खेलमा एक गोलले पछि परेको दक्षिण कोरियाले उत्कृष्ट कमब्याक गर्दै जित हात पारेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक बनेको थियो । ४४ हजार ९ सय ८५ दर्शक उपस्थित खेलमा दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए ।
दोस्रो हाफको सुरुवातमै चेक गणतन्त्रले खेलमा अग्रता लिएको थियो । लाडिसलाभ क्रेइचीले हेडिङमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
चेक गणतन्त्रको त्यो खुसी धेरै बेर टिक्न पाएन । दक्षिण कोरियाका स्टार खेलाडी ह्वाङ ही–चानले गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा ल्याए । खेल बराबरीमा पुगेपछि दुवै टोलीले आक्रामक खेल पस्किएका थिए ।
खेलको अन्त्यतिर दक्षिण कोरियाका ओ ह्युन–ग्युले विजयी गोल गरे । यस अघि पहिलो खेलमा मेक्सिकोले दक्षिण अप्रिकालाई २–० ले हराएको थियो ।