चलालमा पारा तेक्वान्दोको राहत

janarjan boss
काभ्रेको चलाल गाविसको विभिन्न ४ वडाका भूकम्प पीडितलाई नेपाल पारा तेक्वान्दो संघले राहत प्रदान गरेको छ । चलालको १ सय १५ घरधुरीलाई म्याट्रेस, झुल, साबुन, मन्जन र ब्रस प्रदान गरिएको थियो । व्यापारी एवं समाजसेवी राजमान मिश्रको सहयोगमा राहत वितरण गरिएको हो ।
पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन केसी, उपाध्यक्षद्वय देवेश भट्टराई र भीमसेन केसी, महासचिव अच्युत्तम लामिछाने, सचिव लोकेन्द्र आचार्य तथा सदस्य मधु ढुंगेललगायतले राहत वितरण गरेका थिए ।
त्यस्तै संघले पारा तेक्वान्दो खेलाडी रामबहादुर तामाङलाई जस्तापाता २ बन्डल, झुल, म्याट्रेस, चामल १ बोरा, साबुन, मञ्जन र ब्रस तथा अन्य पारा तेक्वान्दो खेलाडी सीता भण्डारी, नवराज कार्की र सोमबहादुर सुनारलाई चामल १ बोरा, पाल १ थान र नगद २ हजार प्रदान गरेको थियो ।

Comment