टग अफ वारको प्राविधिक सेमिनार सम्पन्न
Manoj Shiama
11 May, 2026 6:02 am

काठमाडौ टग अफ वारको आयोजना तथा केन्द्रिय टग अफ वार प्राविधिक सहयोगमा टग अफ वारको एक दिने प्राविधिक सेमिनार नयाँ बानेश्वरमा सम्पन्न भयो ।
कार्यक्रम काठमाडौ टग अफ वारका अध्यक्ष मदन लाल श्रेष्ठको सभापतित्वमा भएको हो । नेपाल क्योकुसिन करातेका अन्रािष्ट्रय भाइस प्रसिडेन्ट असोक कुमार श्रेष्ठ प्रमुख अतिथि तथा नेपाल डोरी तान सघका प्राविधिक प्रमुख सुर्य भट्टराइ विशेष अतिथी थिए ।
सघका केन्द्रिय सदस्य केशव ओली र ब्याडमिन्टनका अन्तराष्ट्रिय अम्पायर उदय अर्यालको आतिथ्यमा भएको कार्यक्रम जिल्ला सघका सचिव मिलन खनालले सञ्चालन गरृेका थिए । कार्यक्रममा सुर्य भट्राई सहित, प्रभु नारायण सिबाकोटी, स्वस्ती राज ओली र राजु उप्रेतीले प्रशिक्षण दिएका थिए ।


