लुम्बिनी, कोसी र बागमती सेमिफाइनलमा
Manoj Shiama
2 May, 2026 7:29 pm

दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा लुम्बिनी प्रदेश, कोसी प्रदेश र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । समूहबीमा लुम्बिनी पहिलो तथा कोसी दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । सो समूहमा मधेस प्रदेश तेस्रो भयो । कर्णाली प्रदेश पनि सोही समूहमा समावेश रहेको प्रतियोगिता आयोजक कमिटीका संयोजक तथा नेपाल बेसबल तथा सफ्ट बल सघका उपाध्यक्ष सुरेन्द्र थपलियाले जानकारी दिए ।
समूह एमा रहेको बागमतीले सबै खेलमा जित हात पार्दै पहिलो स्थान पाएको हो । बागमतीले सेमिफाइनलमा कोसीको सामना गर्ने छ । सेमिफाइनल प्रवेशे गर्ने अन्तिम टोलीको टुंंगो आइतबार बिहान हुने सुदूर पश्चिम र गण्डकी बिचको खेलले तय गर्ने छ ।
प्रतियोगितामा सहभागी विश्व विद्यालय टोली बाहिरिएको छ । तिन दिने प्रतियोगिता आइतबार सकिने छ ।
