महर्जनले पाए महत्त्वपूर्ण जिम्मेवारी

भ्रष्टाचार निवारण, सुशासन तथा सार्वजनिक नीति व्यवस्थापनको क्षेत्रमा स्नातकोत्तर अध्ययन गरिरहेका निशन महर्जनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा युवा तथा खेलकुद मन्त्रालयको सचिवालय प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छन् ।
सूचना प्रविधि क्षेत्रमा Bachelor in Computer Applications -BCA) अध्ययन गरेका महर्जनको पृष्ठभूमि डिजिटल प्रणाली, डाटा व्यवस्थापन तथा प्रविधिमैत्री समाधानहरूमा केन्द्रित रहेको छ, जसले सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

यस जिम्मेवारीसँगै महर्जनले विशेष गरी खेलकुद क्षेत्रमा देखिएको अनियमितता, पारदर्शिताको अभाव तथा राजनीतिक हस्तक्षेपका कारण उत्पन्न समस्याहरूको निवारण गर्न आफू दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनका अनुसार, नेपालको खेलकुद क्षेत्र राजनीतिक प्रभावका कारण अपेक्षित रूपमा विकास हुन सकेको छैन । योग्य खेलाडीहरूले अवसर नपाउनु, स्रोत साधनको दुरुपयोग हुनु तथा नीतिगत कमजोरीहरू विद्यमान रहनु प्रमुख चुनौतीका रूपमा देखिएका छन् । यी समस्याहरूको दीर्घकालीन समाधानका लागि पारदर्शिता, उत्तरदायित्व र सुशासन अनिवार्य रहेको उनले उल्लेख गरेका छन् ।
महर्जनले आफ्नो कार्यकालमा सुशासन प्रवर्द्धन, डिजिटल प्रणालीमार्फत पारदर्शिता अभिवृद्धि, तथा युवा लक्षित प्रभावकारी कार्यक्रमहरूको कार्यान्वयन गर्ने लक्ष्य लिएका छन् । साथै, उनले सरकारी संयन्त्रभित्र उत्तरदायित्वको संस्कृति विकास गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले आफूलाई दिइएको जिम्मेवारीलाई केवल पदको रूपमा नभई राष्ट्रप्रति सेवा गर्ने अवसरको रूपमा लिँदै पूर्ण इमानदारी, निष्ठा र समर्पणका साथ कार्य गर्ने दृढ अठोट व्यक्त गरेका छन् ।
