लुभु डोजोलाई पहिलो स्थान
Manoj Shiama
1 February, 2026 8:58 am
,

पाँचौँ बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा लुभु डोजो पहिलो भएको छ । दुई दिने प्रतियोगितामा लुभुले ७ स्वर्ण, ६ रजत तथा ८ कास्य पदक जितेको छ । आ्इडब्लुएफएन ठैब डोजो ६ स्वर्ण, ३ रज तथा ८ कास्य पदक सहित दोस्रो भयो । कलैया डोजो ४ स्वर्ण १ कास्य पदक सहित तेस्रो भयो ।
सिन्धुपाल्चोकले फेयर प्ले अवार्ड पायो । ठैबका सन्देश नेपाल पुरुष तर्फ तथा कलैयाकी दिव्या तिवारीले उत्कृष्ट खेलाडीको अवार्ड पाए । विद्यालय तर्फ भ्याली पब्लिक पहिलो तथा फ्युचर स्टार दोस्रो भयो ।
विजयी टोली तथा खेलाडीलाई बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला केसीले पुरस्कार प्रदान गरिन् । समापन समारोहमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लाम लगायतको उपस्थिति थियो । प्रतियोगितामा १८ टोलीका ४०० भन्दा बढी खेलाडीको उपस्थिति थियो ।
