साउन्ड टेटे हुने

युवा साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र, काठमाडौं र नेपालपारा ओलम्पिक कमिटीको आर्थिक सहयोग तथा नेपाल दृष्टिविहीन टेबलटेनिस संघको आयोजनामा साउन्ड टेबलटेनिस प्रतियोगिता २ असारदेखि हुने भएको छ ।
दुईदिने प्रतियोगितामा समान १५ पुरुष÷महिला गरी ३० प्रतिस्पर्धीको सहभागिता रहने आयोजक संघका महासचिव एवं साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले जनाएका छन् ।पुरुष÷महिलाको एकल स्पर्धा समावेश प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित लेबोरेटरी उमाविमा हुनेछ ।
त्यस्तै संघकै आयोजनामा साउन्ड टेबलटेनिस प्रशिक्षण ५ जेठ देखि कीर्तिपुरमै सञ्चालन भइरहेको छ । प्रशिक्षणमा समान १५ पुरुष÷महिला गरी ३० प्रशिक्षार्थी सहभागी छन् । यिनै ३० प्रशिक्षार्थीहरु प्रतियोगितामा सहभागी हुनेछन् ।

Comment