भूकम्पपीडित खेलाडीको सहयोगार्थ टेटे हुने

भूकम्पपीडित टेबलटेनिस खेलाडीको सहयोगार्थ काठमाडौं जिल्ला टेबलटेनिस संघले खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता २७ देखि ३१ असारसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सिनियर र जुनियर पुरुष÷महिलाको सिंगल्स तथाटिम गरी ८ तथा पुरुष भेट्रान्सको ५० वर्षमाथि सिंगल्समा १ गरी जम्मा ९ स्पर्धामा भिडन्त हुनेछ ।
अखिल नेपाल टेलबटेनिस संघको तत्वावधानमा हुने प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको वज्राचार्यले जानकारी गराए ।
टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका वज्राचार्यका अनुसार भूकम्पपीडित टेबलटेनिस खेलाडीलाई आर्थिक सहयोग प्रदान गरिनेछ ।

Comment