एन्फाको साधारण सभा विधानसम्मत

Manoj Shiama
4 January, 2026 6:06 am

अखिल नेपाल फुटबल सङ्घ एन्फाले साधारण विधान सम्मत भएको जिकिर गरेको छ । एन्फाको १६ पुसमा बसेको कार्यसमिति बैठकले २८ माघमा झापामा चुनावी साधारण सभा गर्ने निर्णय गरेको हो । 

शनिवार आयोजित पत्रकार सम्मेलनमा एन्फा महासचिव किरण राईले नयाँ म्यान्डेट लिने अधिकार एन्फासँग रहेको जिकिर गरे । उनले क्लब या जिल्ला सङ्घ स्वायत्त रहेको भन्दै चुनाव सही समयमा गर्ने या अगाडी गर्ने तथा प्रतिनिधि कसलाई पठाउने भन्ने अधिकार ती नै निकायको भएको दाबी गरे । 

२०७९ असारमा निर्वाचित एन्फा कार्य समितिको पहिलो बैठक देखि नै पूर्व अध्यक्ष गणेश थापा र निवर्तमान कर्मा छिरिङ शेर्पा लगायतको समूहले गुटबन्दी गर्दै घेरा बन्दी गरेका थिए । 

यसका बाबजुद नेम्बाङ नेतृत्वमा नेपाल माथिको फिफाको बजेट प्रतिबन्ध फुकुवा भएको थियो । एन्फा अध्यक्ष नेम्बाङ फिफा सोसियल रेस्पोन्सिबीलीटी डिपार्टमेन्टका सदस्य भएका छन् । यत्ति मात्र होइन यसै समयमा नेपाली महिला फुटबलले माथिल्लो उचाइ समेत पाएको छ ।