एन्फाको साधारण सभा माघ अन्त्यमा झापामा

अखिल नेपाल फुटबल सङ्घको चुनावी साधारण सभा २८ माघमा झापामा हुने भएको छ । सङ्घको बुधवार बसेको कार्य समितिको बैठकले सो निर्णय गरेको छ ।
असार महिनामा कार्यकाल सकिने सङ्घको केही महिना अघि निर्वाचन हुन लागेको हो । नेतृत्वलाई असफल बनाउन नियोजित रूपमा लागी पर्ने एउटा समूहको प्रयास भने यस कार्यकालको अन्तिम समयसम्म पन कायम रहो ।
पङ्कज विक्रम नेम्बाङको कार्यकालमा नेपाल माथि लागेको फिफाको आर्थिक प्रतिबन्ध फुकुवा गरेको थियो । यस अघि अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यकालमा सो प्रतिबन्ध लगाइएको थियो । शेर्पा कार्यकालमा आर्थिक रिपोर्टमा असन्तुष्टि जनाउँदै सो प्रतिबन्ध लगाइएको हो ।
जिल्ला तहमा फुटबलको विस्तार, अन्तर्राष्ट्रिय निकायमा नेपाली फुटबलले प्राप्त जिम्मेवारी नेम्बाङ कार्यकालका महत्त्वपूर्ण सफलता थिए । महिला फुटबलको बढ्दो उचाइ यस समयका थप सफलता र उपलब्धि बने । यसका बाबजुद एन्फालाई आफ्नो गतिमा चल्न नदिने प्रवृत्ति भने यस समयका निरन्तर लागी परेको थियो ।
