अन्तरसहकारी ब्याडमिन्टन प्रतियोगितामा जय श्रीमनकामना प्रथम

पोखरा
गणतन्त्र दिवसको अवसरमा बाटुलेचौर कालीलेक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा अन्तरसहकारी डबल ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सम्पन्न भयो।
आयोजकसहित जयश्रीमनकामना बचत तथा ऋण सहकारी संस्था, चमेरेगुफा कृषि सहकारी संस्था, मुनाल बचत तथा ऋण सहकारी संस्था र गाउँसहर समाज विकास सहकारी संस्थालगायत पाँचवटा संस्थाका ५० जना खेलाडीको सहभागितामा रहेको टीम इभेन्ट प्रतियोगितामा जयश्रीमनकामना बचत तथा ऋण सहकारी संस्था प्रथम भएको हो।
प्रमुख अतिथि नेपाल सरकार प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यले संयोजक विशाल खड्कालाई शटल कर्क हस्तान्तरण गरेर सुरु भएको प्रतियोगितामा चेमेरे गुफा कृषि सहकारी संस्था द्वितीय भयो। प्रथम हुने संस्थाले नगद १५ हजार र द्वितीयले नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कास्की जिल्ला ब्याडमिन्टन सङ्घका सचिव निरबहादुर थापाले जानकारी दिए।
विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्य, चमेरेगुफा कृषि सहकारीका अध्यक्ष कृष्ण अधिकारी, जयश्रीमनकामनाका अध्यक्ष पदमसिंह गुरुङ, मुनाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मघनाथ काफ्लेलगायतले पुरस्कार वितरण गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि आचार्यले ब्याडमिन्टन हलको लागि उचित प्रपोजल ल्याएको खण्डमा तत्काल ५० लाख निकासा गरिदिने बचत दिए। प्रतियोगिताको अम्पायरमा अन्तर्राष्ट्रिय अम्पायर सचिन गुरुङ, यामु गुरुङ र वीरबहादुर आले रहेका थिए।

Comment