ओलम्पिक कमिटीबाट छात्रवृत्ति प्रदान

ओलम्पिक २०२८, एसियन गेम्स २०२६ तथा डकार वर्ल्ड यूथ गेम्स २०२६ मा सहभागी हुने नेपाली खेलाडीलाई छात्रवृत्ति प्रदान गरिएको छ। शुक्रवार नेपाल ओलम्पिक कमिटीले एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति प्रदान गरेको हो ।
अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८ का लागि ओलम्पिक स्कलरसिप पाउने खेलाडीहरूमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता प्रधान श्रेष्ठ, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिभाली गुरुङ, स्पोट्र्स क्लाइम्बिङका तेन्जिङ राई र स्विमिङका अर्विन श्रेष्ठ रहेका छन्। उक्त स्कलरसिपअन्तर्गत प्रत्येक खेलाडीले १,१२५ अमेरिकी डलर प्राप्त गर्नेछन्।
यस्तै जापानको आयची नागोयामा हुने एसियन गेम्सका लागि आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुष्मिता तामाङलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ ।
सेनेगलमा हुने डकार वर्ल्ड यूथ गेम्स २०२६ का लागि उसुकी रश्मि तामाङलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ ।
