साम्बोको सहयोग निरन्तर

sambooo
साम्बो महासंघले नेपाल खेलकुद पत्रकार मञ्चले स्थापना गरेको राहत सहायता कोषलाई १० हजार आर्थिक सहयोग बुधबार उपलब्ध गराएको छ । महासंघका अध्यक्ष धनञ्जय श्रेष्ठले मञ्चका सचिव प्रकाश तिमल्सिनालाई आर्थिक सहयोग हस्तान्तरण गरे ।
त्यस्तै महासंघले गोंगबु साम्बो क्लब मर्मतका लागि १५ हजार, काठमाडौं बाल विकास समाज, काँडाघारीलाई १० हजार र हर्वल औषधि, रामेछाप राष्ट्रिय खेलाडी कल्याण संघलाई राहत वितरण गर्न २० हजार तथा राष्ट्रिय साम्बो खेलाडी कृष्णलाल तामाङ, रिना मगर र रुसना खड्कालाई जनही ५ हजार आर्थिक सहयोग उपलब्ध गराएको महासंघका महासचिव उत्तम श्रेष्ठले जनाएका छन् ।

Comment