नीरज र जेनिशालाई स्केटिङ उपाधि

रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको सिनियर पुरुष तर्फ नीरज मल्ल विजेता बनेका छन् । नवीन पुन दोस्रो र सुशील श्रेष्ठ तेस्रो भए । सिनियर महिला तर्फ जेनिशा श्रेष्ठ पहिलो, सपना श्रेष्ठ दोस्रो र वर्षा रोका तेस्रो भए । पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको जुनियर पुरुष तर्फ कृश विक्रम पहिलो, जेनिश श्रेष्ठ दोस्रो र मिकल नेपाली तेस्रो भए । जुनियर महिला तर्फ युनिका बि.के. विजेता, आयुष्मा रोका दोस्रो र सुईसान्मी रोका तेस्रो बने । ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाए ।
युवा जमातका बिच लोकप्रिय खेल स्केटिङको विकास, प्रवर्द्धन तथा व्यावसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिताहरू आवश्यक रहेको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी बताए ।