लुम्बिनीलाई एनपिएल उपाधि

Manoj Shiama
14 December, 2025 6:25 am


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स च्याम्पियन बनेको छ ।
सुदूरपश्चिम रोयल्सलार्ई ६ विकेटले हराउँदै लुम्बिनीले च्याम्पियन बन्दै उपाधि जितेको हो । सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामा सीमित बनेको छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्स च्याम्पियन बन्दा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो ।
त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको थियो । यो एनपीएलमा हालसम्म पहिलो इनिङ्समा बनेको सबैभन्दा कम रन थियो ।
सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाउँदै ८६ रनको लक्ष्य पूरा गरेको हो । लुम्बिनी लायन्सका लागि ओपनर ब्याटर दिनेश अधिकारीले आक्रामक पारी खेले । उनले १३ बलमा १ चौका र ५ छक्का प्रहार गरे ।
डार्सी सर्ट १४ रनमा हेमन्त धामीको बलमा बोल्ड भए । निरोशन डिकवेला १६ र दिलिप नाथ १ रनमा अविजित रहे ।
त्यसअघि, ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि ओपनर ब्याटर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले ५१ बलमा १ चौका प्रहार गरे ।
१०.५ ओभरमा दीपक बोहरा र १०.६ ओभरमा पुनित मेहरालाई डक बनाउँदै रोहितले व्याक्तिगत ह्याट्रिक पूरा गरे ।

यो एनपीएलको समग्रमा दोस्रो ह्याट्रिक हो । यसअघि यही सिजनमा काठमाडों गोर्खाजका स्पिनर साहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक सहित ६ विकेट लिएका थिए ।
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलमेन र शेर मल्लले समान ३–३ विकेट लिए । तिलक राज भण्डारीले १ विकेट लिए ।