बागमती प्रदेश बेसबल तथा सफ्ट बल सङ्घमा ध्रुव रिजाल नेतृत्वमा नयाँ समिति
Manoj Shiama
10 December, 2025 8:26 pm

बागमती प्रदेश बेसबल तथा सफ्ट बल सङ्घको प्रथम साधारण सभा २०८२ ललितपुरमा सम्पन्न हुँदै ध्रुव कुमार रिजालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।
नव–निर्वाचित पदाधिकारीमा उपाध्यक्ष प्रबोद लामा (वाङ) र नीरज भट्टराई, सचिव सुवास सुवेदी, सह–सचिव साङ्गे लामा, कोषाध्यक्ष सुगम पाठक तथा सदस्यहरू विधान रिजाल, रवीन्द्र खड्का, सुशील भट्टराई, प्रशन्ना पाठक, रोमन श्रेष्ठ, स्मोथ अधिकारी र केशव गौतम रहेका छन्।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य रवि महर्जन प्रमुख अतिथि तथा नेपाल बेसबल तथा सफ्ट बल सङ्घका अध्यक्ष दीपक न्यौपाने विशेष अतिथि रहे।