विरानगरको तेस्रो जित

Manoj Shiama
25 November, 2025 6:22 am


नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत सोमबार भएको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई हराउँदै रोमाञ्चक जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई अन्तिम ओभरमा ९ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङको निम्तो विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ९ विकेट गुमाएर १२६ रन बनायो ।
जनकपुरका लागि निकोल लोफ्टी इटनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै लाहिरु मिलन्थाले २३, सञ्जय कृष्णमूतीले २० र आसिफ शेखले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । विराटनगरका लागि सन्दीप लामिछानेले चार, सूर्य तामाङले दुई, शुभम रञ्जाने र मर्चेन्ट डि लांगेले एक–एक विकेट लिए । शानदार बलिङ गरेका लामिछानेले ४ ओभरमा ११ रन मात्र खर्चिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले ७ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । विराटनगरका लागि शुभम रञ्जानेले ३७, वसिर अह्मदले ३६, लोकेश बमले ३८, मार्टिल गप्टिलले १३ र जर्ज मन्सीले १० रन बनाए ।
जनकपुरका लागि संगीत कुर्रे र रुपेश सिंहले दुई–दुई तथा आदित्य महताले एक विकेट लिए । यस सिजनमा खेलमा विराटनगरको लगातार तेस्रो जित हो भने जनकपुरको यो लगातार दोस्रो हार हो