चित्लाङ फुटबल क्लबको जित

Manoj Shiama
14 November, 2025 5:40 am

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत बिहीबार भएको खेलमा चित्लाङ फुटबल क्लबले जनजागृति युवा क्लबलाई २–० ले हरायो । चित्लाङका लागि पहिलो हाफमा विज्ञान खड्का तथा दोस्रो हाफमा मदन स्याङतानले गोल गरे । चित्लाङका जय गुरुङ खेलको प्लेयर अफ द म्याच घोषित भए । 

अर्को खेलमा लालीगुराँस एसोसिएसन र देउराली क्लब बिच गोल रहित बराबरी भयो । देउरालीका पदम भट्टराई प्लेयर अफ द म्याच घोषित भए । a२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १ ० टोलीको सहभागिता छ  । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोर्ट्स क्लब, हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन् । 

लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ । 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुने छ ।