आइएमई लिमिटेडको साधारण सभा सम्पन्न

Manoj Shiama
12 November, 2025 7:55 am

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज  ढकालको  अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सभाले सो वार्षिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ ।

सभामा अध्यक्ष ढकालले रेमिटेन्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीको रूपमा रहेको आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा रहन  सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे । अध्यक्ष ढकालले २५ औँ वर्षमा  व्यावसायिक हिस्सा बिस्तार गर्दै नयाँ प्रविधि एव रणनीतिका साथ आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रविधिको अधिकतम सदुपयोग गर्दै  रेमिटेन्स सेवाको थप  विस्तार तथा विविधीकरण गर्दै  आइएमईलाई  कम्पिलिट फाइनान्सियल सलुसन्सको रूपमा विकास गर्ने नीति लिइने पनि अध्यक्ष ढकालले उल्लेख गरे । 

सभामा आइएमईका संस्थापक  अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले  २५ औँ वर्षमा आइएमई लिमिटेड थप परिपक्व बन्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याउदै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु गौरवपूर्ण क्षण रहेको बताए ।  

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप सरल र सहज र सुरक्षित बनाउँदै लैजाने बताए । प्रमुख कार्यकारी पौडेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा लैजान सफल रहने विश्वास पनि व्यक्त गरे ।