साम्बो महासंघको पिडितलाई राहत

samboo

नेपाल साम्बो महासंघले काभे्रको धुलिखेल स्थित श्रीखण्डपुर र नुहाकुटमा ३ लाख ५० हजारको सामाग्री भुकम्प पिडित नगरिकलाई शनिवार राहत बितरण गरेको छ । महासंघका अध्यक्ष धनन्जय श्रेष्ठको नेतृत्वले काभ्रेको खण्डपुरका ३५ घरलाई एक एक बोरा चामल र नुन–तेल बितरण गरेको थियो । त्यसै गरि नुवाकोटको गेर्खु, गंगटे, बेलकोट, मदानपुर, सुनखानी, पन्चकन्या, थानसिह, चौघडा र समुन्द्रादेवीका ३ सय घरपरिवारलाई हर्वल औषधी, मन्जन–ब्रस तथा ९० थान त्रिपाल र कम्वल लगायतका सामागी बितरण गरेको महासंघका महासचिब उत्तम श्रेष्ठले जनाएका छन् ।

Comment