बास्केटबल प्रशिक्षक कार्कीलाई एनओसीको बिदाइ

Manoj Shiama
27 September, 2025 6:22 am

बास्केटबल प्रशिक्षक रिना कार्की ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय कोचिङ कोर्समा सहभागी हुने भएकी छन् । सो प्रशिक्षक कोर्स हङगेरीको बुडापेस्टमा अक्टोबर र १ देखि नोभेम्बर २१ तारिखसम्म हुनेछ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रवार सो कोर्समा नेपालको प्रतिनिधित्व गर्ने बास्केटबल प्रशिक्षक कार्कीलाई शुभकामनासहित बिदाइ गर्‍यो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ कार्यक्रममा बास्केटबलको प्रवर्धनमा कार्कीको भूमिकाको प्रशंसा गर्दै कार्कीले कोचिङ कोर्सबाट प्राप्त सीप, ज्ञानले नेपाली खेलकुदको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा एनओसीकी उपाध्यक्ष द्वय ज्योति राना तथा गोपाल सुन्दर कक्षपति, मानार्थ उपाध्यक्ष तुलसी थापा र एनओसीका सचिव एवम् नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीम सिंह गुरुङको पनि उपस्थिति रहेको थियो ।