विगतको गौरवशाली दिन सम्झदै कमला

lopchan house

कुनै समय नेपालका चर्चीत उसु जोडी राजेश लामा र कमला लोप्चन अमेरिका पुगेको दुइ दशक भइसकेको छ । यो दुइ दशकको विचमा नेपाली खेलकुद विगतको जस्तै गौरवशाली छैन । तथापी यो जोडीलाई नेपालको मायाले छाडेको छैन । सन् १९९२ को तेस्रो एसियन उसु च्याम्पियनसीपकी रजत विजेता कमला भन्छिन्,“ आफ्नै बलल बुतामा हामी बिश्व च्याम्पियनसीपमा सहभागि भएका हौ । अझ हामीलाई नै देशको खेलकुदको चासो छ । ” कमला र राजेश देशको खेलकुदको सहयोग विना नै सन् १९९५ मा भएको बिश्व उसु च्याम्पियनसीपमा सहभागिता जनाएका  थिए ।
यो बर्ष नेपाल आउदा ललीतपुर जिल्ला उसु संघले आयोजना गरेको सम्मान कार्यक्रममा उपस्थित कमला आफ्नो विगतलाई नेपाली उसुले अहिले पनि सम्झीएकोमा गौरवान्वीत भएको बताउछिन् । काठमाडौ बौद्धकी कमला उसु खेल्न थालेको केही समय पछि नै नेपालको स्टार खेलाडीको रुपमा स्थापीत भएकी थिइन् । चन्द्र लामा मार्फत उसु खेलमा प्रबेश गरेकी यी स्टार सन् १९८८ को पहिलो सेसौ उसु च्याम्पियनसीपमा स्वर्ण पदक हात पारे पछि नेपाली खेलकुदमा सबैको चासोको पात्र बनेकी थिइन् ।
त्यसको लगत्तै सन् १९९० को एसियाली खेलकुदमा सहभागि उनी सन्  १९९१ मा भएको बिश्व च्याम्पियनसीपको ब्रोडसोर्ड स्पर्धामा पाचौ स्थानमा रहेकी छिन् । नेपाली खेलाडी बिश्व च्याम्पियनसीपको पाचौ स्थानमा रहने बिरलै सफलता उनले पाएकी थिइन् । यी बाहेक उनले लखनउमा भएको आमन्त्रण अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक पाएकी थिइन् । खेल जिवनका यी नै महत्वपूर्ण सफलताका कारण उनी अध्ययनरत विद्यालय सिद्धार्थ बनस्थलीले तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइसंग भेट गर्ने संयोग जुराएको थियो । कमलालाई त्यो विगतका सम्झनालेअ झै गौरवको अनुभुत भइनै रहेको छ ।
नेपालमा रहदा प्रभावशाली उसु खेलाडी कमला छवा्ंग छ्वांग, ब्रोडसोर्ड र स्टीक तीनै स्पर्धामा उत्कृष्ट रहेकी थिइन् । बाल्टीमोरको बिश्व च्याम्पियनसीप  हुदा नेपालका उत्कृष्ट पुरष खेलाडी राजेश लामासंग कमला बिबाह बन्धनमा बाधीएको धेरै भएको थिएन । यी दुवै खेलाडी नेपालका उत्कृष्ट खेलाडी थिए । राज्यले यी दुवै खेलाडीको क्षमतालाई कदर गर्दै सहभागिताको प्रयास समेत नगरेको त्यो समयमा नेपालको उसुलाई नजकिबाट नियाल्नेहरु बताउछन् ।
मानबीय संबेदना भएका यो जोडीको अमेरिकामा रहे पनि नेपालका बारे अझै चासो छ । र उनीहरुको केही गर्ने चाहना पनि यथाबत रहेको छ ।

Comment