साम्बोको राहत

नेपाल साम्बो फेडेरेसनले सिन्धुपाल्चोक र नुवाकोटका विभिन्न क्षेत्रका भूकम्प पीडितलाई राहत सामाग्री वितरण गरेको छ । फेडेरेसनका अध्यक्ष धनन्जय श्रेष्ठबाट प्राप्त १ लाख ६० हजार मूल्य बराबरको हर्वल औषधि तथा विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त मंजन, टुथब्रस, चिउरा, दालमोठ, भिटामिन, जीवनजल, पाल वितरण गरिएको साम्बोका महासचिव उत्तम श्रेष्ठले जनाएका छन् ।

Comment