सतुंगलमा फिट्नेस फस्र्टको अर्को शाखा

फिट्नेस फस्र्ट, ढुंगेअड्डा, कलंकीले सतुंगलमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको छ । बुद्धिजंग कार्की, निरेन शाही, विनोद कर्माचार्य र लक्ष्मण भट्टले मिलेर सतुंगलमा शाखा खोलेका हुन् ।
उक्त शाखामा जिम, कार्डियो, एरोबिक, जुम्बा, सिनियर फिट्नेस, लेडिज फिट्नेसलगायतका सेवा उपलब्ध रहेको बताइएको छ । करिब ४५ लाख लागतमा शाखा खोलिएको भट्टले जनाएका छन् । चाँडै नै डल्लु आवासमा पनि अर्को शाखा खोल्ने तयारीमा रहेको भट्टले जानकारी दिए ।
हाल दुवै शाखामा मिलाएर करिब ३ सय सदस्य रहेका छन् । फिट्नेस फस्र्टका सदस्यले आफूलाई पायक पर्ने शाखामा सेवा लिन सक्ने छन् ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका वरिष्ठ उपाध्यक्ष एवं डिआईजी विजयलाल कायश्थले शाखाको उद्घाटन गरेका थिए ।

Comment