भोम्जनको परिवारलाई सहयोग

बैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको  विनाशकारी महाभुकम्पमा परी ज्यान गुमाउने नेपालीप्रति नेपाल आइस हक्की संघ र स्पोर्ट्स फर अल क्लबले समवेदना प्रकट गरेको छ । दुवै सस्थाले  घाइतको  शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
दुवै सस्थाले गोरखापत्र दैनिकमा कार्यरत युवा खेलकुद पत्रकार सुमन भोम्जनको निधनले नेपाली खेलकुद मर्माहत तुल्याएको बताएका छन् । साथै दुवै सस्थाले  भोम्जनको परिवारलाई राहतस्वरुप यस नेपाल आइस हक्की संघ १० हजार रुपैयाँ प्रदान गर्ने भएका छन् ।
नेपाल आइस हक्की संघलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट सो विनाशकारी भुकम्पमा ज्यान गुमाउने नेपालीप्रति समवेदना प्रकट गर्दै पत्राचार भइरहेको र नेपाललाई आवश्यक सक्दो सहयोग गर्ने बताइरहेको पनि जनाएको छ  ।

Comment