पौडी प्रतियोगिता सम्पन्न
Manoj Shiama
27 July, 2025 6:23 pm

प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगिता आइतबार सुरु भयो । प्रतियोगितामा जेम्स स्कुलले ८४१ फिना अङ्क सहित पहिलो स्थान पायो । नि सर्ग बाटिका ५६९ दोस्रो तथा प्रिमियर इन्टनेशनल स्कुल ३६९ अङ्क सहित तेस्रो भयो ।
विजयी टोली तथा खेलाडीलाई प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्की र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।
सातदोबाटो स्थित खेलकुद परिसर केन्द्रमा भएको २ दिने प्रतियोगिताको समापन समारोहमा फुटबलको राष्ट्रिय टोलीका पूर्व कप्तानहरूलाई सम्मान गरिएको थियो ।

प्रतियागयतामा २५० विद्यार्थीको सहभागिता थियो । प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको सङ्घका प्रतियोगिता संयोजक मुखिया लामाले बताए ।
प्रतियोगितामा ५३ स्पर्धा समावेश थिए ।