पौडी प्रतियोगितामा पहिलो दिन २६ स्पर्धा सम्पन्न
Manoj Shiama
26 July, 2025 6:20 pm

प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगिता शनिवार सुरु भयो । सातदोबाटो स्थित खेलकुद परिसर केन्द्रमा जारी २ दिने प्रतियोगिताका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टक लाल घिसिङले उद्घाटन गरे ।
नेपाल पौडी सङ्घको आयोजनामा जारी प्रतियागयतामा २५० विद्यार्थीको सहभागिता छ । प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको सङ्घका प्रतियोगिता संयोजक मुखिया लामाले बताए ।
पहिलो दिन २६ स्पर्धामा खेल समावेश भए । पहिलो दिन भएका स्पर्धाका विजयी खेलाडीलाई नेपाल पौडी सङ्घका अध्यक्ष जगत मान श्रेष्ठ, प्रतियोगिता संयोजक मुखिया लामा र मातृका अस्पतालका प्रबन्ध निर्देशक सोना प्रधान लगायतले पुरस्कार प्रदान गर े।