किरात खेलकुद संघको अभियानमा थुप्रैको साथ

prakah rai
किरात खेलकुद संघ १२ बैशाखमा आएको भुकम्पका पिडित परिवारलाई राहत वितरणमा ब्यस्त रहेको छ । उनीहरुको अभियानमा अन्य थुप्रै सहयोगी हातहरुको साथ रहेको छ । सुरुमा रजा राइको सहयोग रहेको अभियानमा सृजना मोक्तानले सहयोग गरिन् । अमेरिकामा बसोबास गरिरहेका प्रकास राइ र नैनाकला राइले गरेको सहयोगलाई पनि किरात खेलकुद संघले सिन्धुपालचोक पु¥यायो । किरात खेलकुद संघको यो अभियानमा किरात राइ पत्रकार समुह पनि सक्रिय रह्यो ।
त्यसको लगत्तै क्याम्ब्रीज पब्लीक हाइस्कुलका प्रीन्सीपल रिता राइबाट प्राप्त सामान १ सय ५० बोरा चामलको साथमा लत्ता कपडा र चाउचाउ लिएर किरात खेलकुद संघ सिनधुपालचोक भिमटारको दनुवार बस्तीमा पुग्यो ।
किरात खेलकुद संघको यो अभियानमा अध्यक्ष महेन्द्र राइले नेतृत्व गरिरहेका छन् भने उपाध्यक्ष योगेश चाम्लींग राइ, राहुल राइ, गणेश राइ र एनीका राइ पनि सक्रिय रुपमा समाबेश भए । अर्जुन भक्त राइ पनि १२ बैशाद देखि भुकम्प पिडतको उद्धारमा त्यत्तिकै सक्रिय रहे ।

Comment