सिक्काको गरियो बिदाइ

त्रिभुवन विश्वविद्यालय अन्तर्गत खेलकुद विज्ञान विभागकी राष्ट्रिय टेबल टेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठलाई बिदाइ गरिएको छ । सुवालले जर्मनीमा आयोजना हुने विश्व विद्यालय खेलकुदमा सहभागिता जनाउने छिन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत खेलकुद विज्ञान विभागमा स्नातकोत्तर तहमा अध्ययनरत शिखा सुवाल श्रेष्ठलाई सोमबार बिदाइ गरियो ।
सो बिदाइ कार्यक्रममा विभागीय प्रमुख प्रा. पशुपति अधिकारी, वरिष्ठ प्राध्यापक डा. रामकृष्ण महर्जन, प्राध्यापक विधान आचार्य, प्राध्यापक राजेन्द्र खत्री र प्रमुख प्रशासनिक अधिकृत कपिल सुम्बाका साथै विद्यार्थीहरूको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा पशुपति अधिकारीले शिखा सुवाल श्रेष्ठलाई खेल पोसाक हस्तान्तरण गर्दै शुभकामना व्यक्त गरे ।

‘उत्कृष्ट प्रदर्शनका साथ अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झन्डा फहराउने, देशको गौरव बढाउने र पदक जितेर फर्कने पूर्ण विश्वास लिएको छु ।’

शिखा सुवाल श्रेष्ठले प्रतियोगितामा टेबल टेनिसको महिला एकल तर्फ प्रतिस्पर्धा गर्नेछिन् ।
