ओलम्पिकका लागि ३० खेल दर्ता
Manoj Shiama
2 July, 2025 8:23 am

आगामी सेप्टेम्बरमा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि ३० खेलहरू दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले १६ असारसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समय सीमाभित्र ३० वटा खेलहरू दर्ता भएको जानकारी दिएको हो । युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्लाई खेलहरू दर्ता गर्नका लागि पत्राचार गरे पनि कुनै प्रतिक्रिया नआएको कमिटीका महासचिव राजीव श्रेष्ठले बताए । दर्ताका लागि सिफारिस नभएको खेलहरूलाई समावेश नहुने भन्दै यस विषयमा सरकारसँग थप छलफल गर्ने उनले बताए ।
यसै गरी २२ देखि ३१ अक्टोबरसम्म बहराइनमा हुने थर्ड यूथ एसियन गेम्सको सन्दर्भमा पनि खेलकुद मन्त्रालयमा पत्राचार गरेको र यसमा पनि कुनै जवाफ नआएको उनले बताए ।