बुदोकैदोको सोलार मोबाइल चार्जर

भूकम्पका कारण बसन्तपुर डबलीको शिविरमा रहेकालाई मोबाइल चार्ज गर्न सहज होस भनी नेपाल बुदोकैदो फुलकन्ट्याक्ट कराते संघले त्यहाँ दुई थान सोलार मोबाइल चार्जर राखिदिएको छ ।
एउटा सोलारमा एकै चोटी २४ वटा मोबाइल चार्ज गर्न मिल्छ । संघका अध्यक्ष काजीमान श्रेष्ठका अनुसार उक्त शिविरमा करिब २ सय जना रहेका छन् ।

Comment