दोरम्बा वादोकपमा मन्थली च्याम्पियन

Manoj Shiama
15 June, 2025 10:06 am

दोरम्बा वादो कराँते डोजोद्वारा आयोजना दारम्बा सैलुङ गाउँ पालिका वडा ५ को सहकार्य र्आडब्लुएफएन कराँते डो सङ्घ जिल्ला कार्यसमितिको समन्वयमा  वादो कप रामेछाप जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न भयो ।  

दोरम्बा सैलुङ गुराँसे कवाड हलमा गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले उद्घाटन गरेको  प्रतियोगितामा बिभिन्न डोजो तथा स्कुलहरूको खेलाडी सहभागिता भएको थियो  । 

प्रतियोगितामा मन्थली मावि ७ स्वर्ण, ४ रजत र ८ कांस्य  सहित पहिलो तथा कन्ठेश्वर मावि ४ स्वर्ण, ६ रजत र १० कांस्य पदक सहित दोस्रो भए ।  सेती देवी मावि ४ स्वर्ण, ३ रजत र १ कांस्य सहित तेस्रो भए । प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी सेती देवी माविका बिपद थापा मगर र उत्कृष्ट महिला खेलाडी मन्थली माविका आकृति सेवा घोषित भए । विजयी टोली तथा खेलाडीलाई दोरम्बा–५ का अध्यक्ष गङ्गा बहादुर तामाङ दोरम्बा–७ का अध्यक्ष प्रवीण मोक्तान र आईडब्लुएफएन कराँते डो सङ्घका केन्द्रीय  महासचिव तथा प्रमुख प्रशिक्षक बुद्ध राज नेगी लगायतले पुरस्कार प्रदान गरे । 

दोरम्बा वादो कराँते डोजोका अध्यक्ष तथा प्रमुख प्रशिक्षक ज्ञान बहादुर थापा मगरले प्रतियोगिताले त्यस क्षेत्रमा कराते खेलको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।