आईडब्लूएफएनको  बेल्ट टेस्ट सम्पन्न

Manoj Shiama
8 June, 2025 10:28 am

आईडब्लूएफएन कराते डो सङ्घ नवलपुर जिल्लाले शनिबारे जिल्ला स्तरीय जुनियर बेल्ट टेस्ट कार्यक्रम आयोजना गरेको  । कावासोती–०१ का का.वा. अध्यक्ष ओम थापा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् कराते प्रशिक्षक टार्जन श्रेष्ठ, आईडब्लूएफएन कराते डो सङ्घका केन्द्रीय सदस्य सुदन दराई र  गण्डकी प्रदेश प्रमुख प्रशिक्षक विजय पुलामी उपस्थित थिए । 

यसै गरी, जापान नान्बुकाई कराते सङ्घका चितवन जिल्ला अध्यक्ष सुनिल लामा, सितोरियो सोबुकान कराते सङ्घका बाग्मती प्रदेश सदस्य एवं देवघाट डोजोका प्रशिक्षक रुद्र बहादुर गुरुङ  र कान्मुकान कराते सङ्घका चितवन जिल्ला अध्यक्ष राम विक्रम चौधरी पनि कार्यक्रममा उपस्थित थिए ।