बाग्मती प्रेसिडेन्ट कप बिहीबार देखि

Manoj Shiama
5 June, 2025 11:09 am

बागमती प्रदेशका स्क्वास खेलाडीहरूको क्षमता अभिृबद्धी गर्ने उद्देश्यले बिहीबार देखि सातदोबाटोस्थित नेपाल स्क्वास एकेडेमीमा पहिलो बाग्मती प्रेसिडेन्ट कप स्क्वास २०२५ सुरु भएको छ । बाग्मती स्क्वास राकेट्स सङ्घ((बिएसआरए) ले आयोजना गरेको प्रतियोगिताको पुरस्कार राशि १ लाख रुपैयाँ रहेको छ । 

पुरुष  र महिला स्पर्धामा नै प्रतिस्पर्धा हुने सो प्रतियोगितामा बाग्मती प्रदेशका स्थायी बासिन्दाको मात्र सहभागिता छ । २७ देखि ३१ जेठमा आयोजना हुने राष्ट्रिय स्क्वास प्रतियोगिताका लागि खेलाडीहरूलाई तयार गर्ने क्रममा यस प्रादेशिक प्रतियोगिता सञ्चालन गरिएको हो । 

यस प्रतियोगिताका महिला तथा पुरुष एकलमा शीर्ष ४ स्थान पाउनेले राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् । बिएसआरएका अध्यक्ष अमर समसेर राणाले यस प्रतियोगिताका लागि व्यक्तिगत रूपमा  २ लाख ५० हजार रुपैयाँ व्यक्तिगत प्रयोजन गरेका छन् । प्रतियोगितामा शीर्ष ४ स्थान पाउने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन् ।