बास्केटबल लिगमा  हाउण्ड्सको छैटौँ जित, सामाखुसीको पहिलो जित

Manoj Shiama
28 May, 2025 7:33 am

हिमालयन जाभा बास्केटबल लिगमा हाउण्ड्स एकेडेमीले छैटौँ जित हात पारेको छ । यस्तै सामाखुसी  यूथ क्लबले सातौँ खेलमा आएर पहिलो जित निकालेको छ ।  

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले कीर्तिपुरमाथि ८८(८३ को रोमाञ्चक जित हात पार्‍यो । जितपछि १३ अङ्क जोडेर हाउण्ड्स शीर्ष स्थानमै छ । कीर्तिपुर ७ खेलबाट ९ अङ्क जोडेर पाँचौँ स्थानमा छ ।

पहिलो क्वाटर कीर्तिपुरले २४(२३ ले अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा हाउण्ड्सले पुनरागमन गर्दै २४(२० ले आफ्नो पक्षमा पार्‍यो र ४७(४४ को अग्रता बनायो । हाउण्ड्सले तेस्रो क्वाटर पनि २४(१८ ले आफ्नो पक्षमा पारेपछि ७१(६२ को अग्रता बनाएको थियो ।

चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २१(१७ ले आफ्नो पक्षमा पारे पनि हार टार्न पर्याप्त भए । हाउण्ड्सका सौरभ श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । कीर्तिपुरका लागि निश्चल महर्जनले २८ अङ्क स्कोर गरे पनि जिताउन सकेनन् । हाउण्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २२ अङ्क जोडे ।

मङ्गलवारै भएको अर्को खेलमा सामाखुसीले रोयललाई ८७(८० ले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

पहिलो क्वाटरमा सामाखुसी र रोयल दुवैले समान १८ अङ्क जोडेका थिए । दोस्रो क्वाटर रोयलले २५(२३ ले आफ्नो पक्षमा पार्दै हाफ टाइममा ४३(४१ को अग्रता बनायो । तर त्यसपछि दुई क्वाटरमा सामाखुसीले पुनरागमन गर्दै खेल जित्यो । तेस्रो क्वाटर २०(१४ ले आफ्नो पक्षमा पारेको सामाखुसीले चौथो क्वाटर २७(२३ ले आफ्नो पक्षमा पारेको थियो ।

सामाखुसीको जितमा २३ अङ्क स्कोर गरेका प्रज्वल महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । रोयलका लागि प्रसङ ध्वज मास्केले २६ अङ्क स्कोर गरे पनि जितका लागि पर्याप्त भए ।

सामाखुसीले पहिलो जितपछि ७ खेलबाट ८ अङ्क जोडेको छ । अङ्कतालिकामा सामाखुसी अन्तिम स्थानमै छ । पाँचौँ हार व्यहोरेको रोयलको ७ खेलबाट ९ अङ्क भएको छ र चौथो स्थानमा छ ।