गोल्डेनगेटको लगातार पाँचौँ जित

Manoj Shiama
26 May, 2025 6:25 am


गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार कीर्तिपुरलाई पराजित गर्दै पाँचौँ जित दर्ता गरेको छ ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले घरेलु टोली कीर्तिपुरलाई ८१-६४ ले पराजित गरेको हो ।
पाँचौँ जितपछि गोल्डनेगेटले ६ खेलबाट शीर्ष स्थानको हाउण्ड्स एकेडेमी समान ११ अङ्क जोडेको छ । पहिलो खेलमा टाइम्ससँग पराजित भएको गोल्डेनगेटले लिगमा लगातार पाँचौँ जित हात पारेको हो । लिगमा हाउण्ड्सलाई हराउने एक मात्र टिम गोल्डेनगेट हो ।  
कीर्तिपुरको भने यो लगातार चौथो हार हो । सुरुवाती दुई खेलमा सामाखुसी यूथ क्लबलाई हराएपछि कीर्तिपुरले जित हात पार्न सकेको छैन ।
कीर्तिपुरले विरुद्ध गोल्डेनगेटको यो दोस्रो जित हो । लिगमा यसअघि पहिलो खेलमा गोल्डेनगेटले कीर्तिपुरलाई ९२-६५ ले पराजित गरेको थियो ।
गोल्डेनगेटले सुरुवात देखि नै अग्रता लिँदै अन्तिमसम्म कायम राखेको थियो । पहिलो क्वाटर २६-२० र दोस्रो क्वाटर १८-१५ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै गोल्डेनगेटले तेस्रो क्वाटर २१-१७ र चौथो क्वाटर १७-१२ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
खेलको मोस्ट भ्यालुएबल प्लेअर गोल्डेनगेटका अजय कुश्वाह भए । गोल्डेनगेटका लागि सुदिप पौडेलले सर्वाधिक २३ अङ्क स्कोर गरे । कीर्तिपुरका लागि निश्चल महर्जनले २२ अङ्क स्कोर गरे ।