नयाँ नेतृत्व चयन गर्दै अखिल नेपाल खेलकुद महासङ्घ दोलखाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

Manoj Shiama
13 May, 2025 2:41 pm

अखिल नेपाल खेलकुद महासङ्घ दोलखाको दोस्रो जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न सम्मेलनले विमल ओलीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । अखिल नेपाल खेलकुद महासङ्घ दोलखाको उपाध्यक्षमा सुरज तामाङ, सचिवमा ऐसिक नेपाली, सहसचिवमा कमल थापा मगर र कोषाध्यक्षमा ममता श्रेष्ठलाई चयन गरिएको छ ।

दोस्रो जिल्ला सम्मेलन सङ्गठनका केन्द्रीय सह अध्यक्ष जनक वर्ताैलाको प्रमुख आतिथ्य तथा माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक ज्योति श्रेष्ठ को विशेष आतिथ्य एवं सङ्गठनका केन्द्रीय सचिव तथा बागमती प्रदेशका संयोजक गोविन्द घिमिरे, केन्द्रीय सचिव शैलेन्द्र शाहीको आतिथ्यमा सम्पन्न भएको थियो ।